नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन १ सय ६६ जना संक्रमित थपिएका हुन् ।

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको   तथा २ सय २० जना निकाे भएर घर फर्किएकाे देवकाेटाले जानकारी दिनुभयाे । निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

Comments