संविधानका विवादित विषयमा साझा धारणा बनाउन नसकेका दलहरु आज अन्तिम प्रयास गर्ने भएका छन् ।

आज नभए संविधानसभाका विवादित विषयमा अल्पमत र बहुमतका दुई प्रतिवेदन संविधानसभामा पठाउने छन् । तर, भाषागत रुपमा सहमति र असहमतिका विषय भनिने छ । संविधानसभा नियमावलीमा बहुमत र अल्पमतको प्रावधान छैन । आज बिहान दलहरुले सहमतिका लागि अन्तिम प्रयास गर्ने र सहमति हुन नसके दिउँसो बस्ने संविधानसभाको राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकले दुईवटा प्रतिवेदन तयार गर्नेछ ।

सहमतिको समयसीमा नाघि सकेकाले आज प्रतिवेदन बुझाउनै पर्ने वाध्यता छ । तर बैठक ढिलो भएकोले आज सम्भव नभए प्रतिवेदन भोलि बुझाइनेछ । राजनीतिक सम्वाद समितिका सचिव तथा संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले दलहरुको सहमति अनुसार नै सम्भव भए आज नभए भोलि प्रतिवेदन संविधानसभाका अध्यक्षलाई हस्तान्त्रण गर्ने बताउनुभयो ।

उहाँका अनुसार बैठक दिउँसो २ बजे बोलाइएको छ । संविधानसभाले दलहरुलाई हिजोसम्म सहमति गर्ने अन्तिम समय दिइएको थियो ।

Comments

comments