काठमाडौँ — सरकारले मदिराजन्‍य सामग्रीहरुमा कर बढाएको छ । आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले भ्याट लाग्‍ने सामानहरुमा कर बढाउने निर्णय गरेको हो ।

सरकारले वन पैदावार शुल्कलाई खारेज गरेको छ । वन पैदावार शुल्क आजैबाट खारेज भएको मन्त्री खतिवडाले बताए । सुन तथा गरगहनामा लाग्‍ने भन्सार महसुल पनि बढ्ने भएको छ । सरकारले विशेष उद्योगहरुलाई आयकरमा २५ प्रतिशत छुट दिने समेत व्यवस्था मिलाएको छ ।

Comments