काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा सव स्टेशन र प्रसारण लाइन विस्तारका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सव स्टेशन र प्रसारण लाइन विस्तारका लागि उक्त रकम विनियोजन गरिएको उल्लेख छ ।

यस्तै, सरकारले सुनकोसी-मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको टनेल निर्माणको कार्य सुरु गर्नका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको छ ।२ सय वटा सौर्य मिनिग्रीड स्थापना गरी ९६ वटा स्थानीय तहमा विद्युत पुर्याइने बजेटमा उल्लेख छ । आगामी वर्ष भक्तपुर, ललितपुर चितवनजस्ता ठूला सहरमा बिजुलीको तार भूमिगत बनाइने मन्त्री खतिवडालको भनाइ छ ।

यस्तै सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न र स्थानीय तहमा थप १ सय ३० वटा औद्योगिक ग्राम स्थापना गर्न २ अर्ब ६४ करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए । आगामी वर्ष नवलपरासीको धौवादीबाट फलाम खानीबाट उत्पादन सुरु गर्न पहुँच मार्ग निर्माण र मेसिनरी जडान गरिने बजेटमा उल्लेख छ । सरकारले एक लाख सुरक्षित आवास निर्माण गर्न तीन अर्ब ५० करोड बजेट पनि विनियोजन गरेको छ ।

Comments