सरकारले साना घरेलु तथा लघु उद्यममा लाग्दै आएको करमा भारी छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवाडाद्वारा संसदमा प्रस्तुत बजेटमार्फत कर छुट दिने घोषणा भएको हो ।

आब ०७६/७७ को आय विवरण अनुसार लघु, घरेलु र साना उद्योगी र ब्यवसायीलार्ई लाग्दै आएको करको दरमा वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ५० प्रतिशत, ५० देखि १ करोड सम्म कारोबार गर्ने कर दातालाई २५ प्रतिशत छुट दिईनेछ ।

लघु उद्यमलाई आयकर छुटको अवधि २ वर्ष बढाएर ७ वर्षको बनाईएको छ । यसअघि स्थापना भएपछि ५ वर्षसम्म छुट हुने ब्यवस्था छ । त्यसै गरी महिला उद्यमीद्वारा सन्चालित लघु उद्यमको आयकर छुटको अवधिक ३ वर्ष बढाएर १० वर्ष बनाईएको छ । लघु विमामा लाग्दै आएको मुल्य अभिबृद्धि कर हटाईएको छ ।

Comments