सरकारले कर्मचारी तथा अन्य निकायका पदाधिकारीहरूले लिँदै आएको सबै खालका भत्ता खारेज गरेको छ ।  कोरोना रोकथाममा खटिएका कर्मचारीबाहेक अन्यलाई कुनै पनि बैठकभत्तालगायत सबै भत्ता कटौती गरिएको हो । त्यस्तैगरी आन्तरिक र वैदेशिक भ्रमणमा पनि पूर्ण रोक लगाइएको छ ।

सवारीसाधन मर्मत, खरिद तथा इन्धन पनि कटौती गरिएको घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । सरकारी खर्च कटौती गर्न यस्तो नीति अपनाइएको अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।

Please follow and like us:

Comments