चितवन , ११ जेठ
चितवनमा रुख ढलेर लाग्दा एकजनाको मृत्यु भएको छ । बेलुका आएको हावाहुरी र पानीको कारण रुख ढलेर लाग्दा भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने २९ बर्षिय राम बहादुर वि क को मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । रुखले लागेर अन्य चारजना समेत घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित आपटारी देवघाट सडकखण्डमा रुख ढलेर उनीहरुलाई लागेको थियो । उनीहरु ओत लागेर बसेको ना ३ त ३४२३ नम्बरको ट्रयाक्टरमाथी रुख ढलेको थियो ।

Please follow and like us:

Comments