ब्रिसबेन। नेपाली युवा विशाल पौडेल डिपेनडेन्ट भिसामा २०१७ मा अष्ट्रेलिया आएका थिए। नर्सिङ्ग पढ्दै गरेकी उनकी श्रीमतीको यसै वर्ष पढाइ सकिंदैछ। तर त्यो भन्दा अगाडी नै विशाल गम्भीर बिरामी परेपछि यो युवा जोडी अहिले समस्यामा परेको छ।

शरीरमा सामान्य परिवर्तन देखेपछि जांच गराउँदा विशालमा क्यान्सर भएको थाहा भएको थियो। त्यसबेला डाक्टरहरुले उनलाई दुई महिना मात्र बाँच्न सक्ने बताए। त्यसपछि अन्य ठाउँमा अन्य डाक्टरहरुलाई जांच गराउँदा उनमा जीवनप्रति आशा पलाएको छ। तर उपचारको लागि १ लाख ६० हजार डलर खर्च लाग्ने भएको छ।

विशालले यति ठूलो रकम थेग्न सक्ने आफ्नो आर्थिक स्थिति नरहेकोले सहयोग गरिदिन सबैसंग अनुरोध गरेका छन्। एनआरएनए अष्ट्रेलिया क्विन्सल्याण्डले उनलाई साथ दिंदै सहयोग अभियान चलाइरहेको छ।

विशाल पौडेलको बारेमा थप जानकारी लिन तथा सहयोग गर्नको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :

www.gofundme.com/f/nrna039s-qld-campaign-to-save-bishal-poudel

Comments