इङ्गलिश प्रिमियर लिग फुटबलमा गएराति सात खेल सम्पन्न भएका छन् ।

जोसे मोरिन्होको नेतृत्वमा रहेको चेल्सीले यस सिजन इंग्लिस प्रिमियरमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । गए राती भएको खेलमा दृढ देखिएको क्वीन पार्क रेन्जर्सलाई २–१ ले पराजित गर्दै चेल्सीले साबिक विजेता म्यान्चेस्टर सिटीसँगको दुरी ९ अंकमा पु¥याएको छ । लिग अन्तर्गतका अन्य खेलहरुमा न्यूकासल युनाइटेडले आफ्नै मैदानमा लिभरपुललाई १–० ले हराएको छ । आर्सनलले आफ्नै मैदानमा बर्नलेलाई ३–० ले हरायो भने एभर्टन र स्वान्सी सिटीको गोलरहितको बराबरी भएको छ । त्यसैगरी हल सिटीले आफ्नै मैदानमा साउथ ह्याम्पटनसङ्ग १– ० को हार बेहोरेको छ ।

लेस्टर सिटीले आफ््नै मैदानमा वेष्ट ब्रोमविचको सामना गर्दा १–० ले पराजय भोग्यो भने स्टोक सिटीले आफ्नै मैदानमा वेष्टह्याम युनाइटेडसंग खल्दा २–२ को अंक बराबरी भएको छ । यस्तै सिजनमा राम्रो सुरुवात गर्दै अघि बढिरहेको बार्सिलोनाले ला लिगामा  लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राती भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग १–० गोल अन्तरले पराजित भएको हो । हारसँगै बार्सिलोना लिगको शीर्ष स्थानबाट तेस्रो स्थानमा झरेको छ ।

यसअघि एल क्लासिकोमा चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग ३–१ गोल अन्तरले पराजित भएको बार्सिलोना ज्वाकीन लारिभीको एक मात्र गोलको मद्दतले स्तब्ध भएको हो । सन् २००९ पछि पहिलोपल्ट ला लिगामा बार्सिलोनाले लगातार दोस्रो खेलमा हार बेहोरेको हो । आफ्नो गृह मैदानमा ५७ खेलपछि पहिलोपल्ट चुकेको हो ।

Comments

comments