अष्ट्रेलियाको मेलबर्न स्थित फेडेरेसन स्क्वायर  नेपालमय बनेको छ | गैरआवासीय नेपाली एसोसिएसन अस्ट्रेलिया र स्टेट कोअर्डिनेसन काउन्सिल भिक्टोरियाको सक्रियतामा नेप्लिज एसोसिएसन भिक्टोरिया र, नेपाली महाबाणिज्य दुतको कार्यालय (नेपाली दुतावास -क्यानबेरा) अनि नेपाली समुदायको प्रतिनिधित्व गर्ने संघ संस्थाहरुको सहकार्यमा नेपाली समुदायको बृहत उपस्थितिमा मध्यान्न  १२ बजे देखि  आरम्भ भएको नेपाल महोत्सव रातको  १० बजे सम्म जारि रहनेछ |  नेपाली उत्पादन,  पर्यटकीय स्थल सम्बन्धि  जानकारी एवं नेपाली कला र संस्कृतिक झल्कने मनोरन्जन एवं ब्यापारिक स्टलहरुले महोत्सव स्थल नेपालमय बनेको हो |

10712735_371643786346001_2210809358009812733_n

 

यसैबीच सबिन राइ र इलेक्ट्रिक ब्याण्ड, चर्चित लोक गायक मिलन लामा लगाएत अष्ट्रेलियाका स्थानीय चिरपरिचित युवा संगीतकर्मीहरुको बेजोड प्रस्तुति रहेको  प्रत्यक्ष  सांगीतिक कार्यक्रम  नेपाल महोत्सबको अर्को आकर्षण रहेको छ |फेडेरेसन स्क्वायर परिसरमा नेपाली झन्डा फर्फराई रहेका छन् | नेपाली गीत र धुनले  संगीतमय बनेको महोत्सव स्थलमा  नेपालमहोत्सव हेर्न हजारौंको संख्यामा नेपाली समुदायको उपस्थिति रहेको छ |महोत्सब स्थलमा नेपाली गीतमा सामुहिक तथा एकल नृत्यहरु समेत प्रस्तुत गरिएको छ |   अस्ट्रेलियाबाट प्रशारण हुने नेपाली सन्चार रेडियोले नेपाल महोत्सवमा प्रस्तुत भएको सांगीतिक कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेको थियो |

10422272_371673519676361_4165892620309263600_n

 

नेपाल महोत्सवका दृश्य समेटिएका केहि तस्विरहरु (श्रोत: नेपाली संचार रेडियो /निवेदिता बराल ) 
10710649_10153399188165639_6621073555558863420_n

Comments