काठमाडौं । नेपालमा बुधबार एकैदिन २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ।

थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएकाे छ  ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Please follow and like us:

Comments