मेलबर्न। अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ।

न्युमार्च एज्ड केयर हाउसले त्यहाँ बस्दै आएकी ९३ वर्षिया वृद्धाको कोरोना संक्रमणका कारण मृत्य भएको मंगलबार पुष्टि गरेको छ। योसंगै अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणका कारण निधन हुनेको संख्या १०० पुगेको छ।

एज्ड केयर फेसिलिटीमा अहिले सम्म ७१ संक्रमित भेटिएका छन्। जसमध्ये त्यहाँ रहँदै आएका वृद्ध वृद्धा ३७ जना र त्यहाँ काम गर्ने स्टाफ ३४ जना रहेका छन्।

Comments