नेपालका सोमपाल कामी एसियन क्रिकेट काउन्सिल एसीसीको एसियन गेम्स टीममा पर्न सफल भएका छन् ।

एसीसीले शनिबार पुरुष र महिलाको एसियन गेम्स सेलेक्ट ११ घोषणा गरेको छ । पुरुष टोलीमा १८ वर्षे नेपाली फास्ट मिडियम बलर सोमपाल अटाएका छन् । इन्चोनमा स्वर्ण विजेता टोली श्रीलंकाका लाहिरु थिरिमाने कप्तान रहेको टोलीमा पर्ने सोमपाल एक्ला नेपाली क्रिकेटर हुन् ।

प्रतियोगितामा खेलाडीहरुको प्रदर्शन र अन्तराष्ट्रिय स्तरका आधारमा टीम ११ घोषणा गरिएको हो’ एसीसीका इभेन्ट म्यानेजर सुल्तान रानाले भनेका छन् । दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेम्समा समूह चरणको दुबै खेल जितेको नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

तीन खेलमा ८ ओभर बलिङ गरेका सोमपालले ३ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सातौं नम्बरमा थिए । ७ विकेट लिएर नेपालका सागर भने सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा थिए ।

Comments