कोरोनाभाइरसका कारण गत दुई महिना देखि विद्यार्थीहरु घरबाटै पढ्न बाध्य भएका थिए। आगामी हप्ता देखि न्यु साउथ वेल्सका सरकारी स्कूलका सबै विद्यार्थीहरु आफ्नो कक्षा फर्कने प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छन्।

यसका साथ् सोमवार २५ मे देखि राज्यका करिब आठ लाख विद्यार्थीहरु पाँचै दिनका लागि स्कूल फर्कने भएका छन्। गत हप्ता देखि राज्यका स्कूलहरुमा कक्षा १२ का विद्यार्थीहरु औसत एक देखि चार दिन सम्म फर्कन सुरु गरेका थिए भने अन्य कक्षाका विद्यार्थीहरु चाहिं एक दिनको लागि स्कूल गएका थिए।

 

Please follow and like us:

Comments