काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् । अब उनकाे यात्रा फाइनल चरणाका लागि हुनेछ। फाइनलमा प्रवेश गर्नेहरुका लागि भोटिङ खुला गरिएको छ । फाइनल चरणमा सबै प्रतियोगीले दुई–दुई वटा गीत गाउनु पर्नेछ । अहिले कोरोना संक्रमणका कारण सबै प्रतियोगीहरुले घरबाटै गीत गाउने भएका छन् । २ घण्टाको समयमा जसले धेरै भोट पाउँछ , ऊ नै विजेता हुनेछ ।

टप ५ सम्मको यात्रा तय गरेसँगै आफूलाई सहयोग गर्ने सबैप्रति दिवेशले धन्यवाद दिएका छन् । नेपाल र नेपालीलाई संसारमा चिनाउने आफ्नो प्रयास सफल हुँदै गएको बताउँदै उनले आफूलाई भाग्यमानी सम्झेको छु भन्दै भोट दिनुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।

संसारबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको भन्दै उनले यस्तै सहयोग आगामी दिनमा पनि गरिदिन अनुरोध पनि गरेका छन् । ‘अर्थर गन’को उपनामबाट परिचित दिवेशले अमेरिकन आइडलको अडिसनदेखि टप ५ सम्म आइपुग्दा हरेक प्रस्तुतीमा जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

Please follow and like us:

Comments