काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म अष्ट्रेलियामा ९९ जनाको मृत्यु भएको छ ।  पछिल्लो एक हप्ताको अन्तरालमा १ जनाको मात्र कोरोनाको कारण मृत्यु भएको छ ।  यो सँगै अष्ट्रेलियामा ७ हाजार ४५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । भने ५० जना अस्पतामा चिकित्सको निगरानिमा उपचार भईरहेको छ । अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार ३९५ जना उपचारपछि निको भएका छन् ।  १० लाख ४१ हजार १२६ जनाको कोरोना भाईरस परिक्षण गरिएको छ । जसको ० दशमलब ७  प्रतिशतमा मात्र कोरोना भाइरस पोजेटिभ देखीएको छ ।

Please follow and like us:

Comments