राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालले आज सरकारविरुद्ध काठमाडौको रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ ।

गृहमन्त्री बामदेव गौतमले हिन्दु धर्मको अस्था विपरितको अभिव्यक्ति दिएको भन्दै राप्रपा नेपालले अपराह्न सवा ४ बजे विरोध सभा गर्न लागेको हो । सभालाई पार्टी अध्यक्ष कमल थापा लगायतले सम्बोधन गर्ने प्रवक्ता विष्णु भट्टराईले जानकारी दिाुभयो । हिन्दु राज्यको माग गर्दै शान्तिबाटिकामा धर्नामा बसेकाहरुलाई हटाएकोमा राप्रपा नेपालले विरोध गरेपछि संसदमा जवाफ दिँदै गृहमन्त्री गौतमले साक्षत महादेव जसरी बन्चरो र खुकुरी बेकेर जुलुस निकालेकाले धर्नाकारीलाई हटाएको बताएका थिए ।

लगतै राप्रपा नेपालले गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै संसद अवरुद्ध पारेका थिए ।

Comments

comments