सिड्नी । अष्ट्रेलियामा चराबाट सर्ने खतरनाक ब्याक्टेरियाबाट ३ जना बिरामी भएका छन् । अष्ट्रेलियाको सिड्नीको पश्चिमी क्षेत्रका मानिस उक्त ब्याक्टेरियाका कारण बिरामी परेका हुन् ।

चराबाट सर्ने ब्याक्टेरियाका कारण हुने उक्त रोगको नाम Psittacosis रहेको बताइएको छ । ‘Parrot fever’ नामले समेत चिनिने उक्त रोग ब्याक्टेरिया सरेको पांच दिनदेखि २८ दिन सम्ममा देखा पर्ने बताइएको छ ।

प्यारोट फिभर हुँदा टाउको दुख्ने, मांसपेशी दुख्ने , सुख्खा खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् । त्यसपछि बिरामीमा निमोनिया देखा पर्छ । र, प्रतिरक्षा क्षमता कम भएका व्यक्तिमा थप अरु लक्षण देखा पर्छन् ।

स्वास्थ्य अधिकारिहरुले यसबाट टाढा रहनको लागि चराहरुको सम्पर्कबाट टाढा रहन आग्रह गरेका छन् ।

Source : 7 News

Comments