सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा समूहमा जान पाइनेगरि समुद्री किनारहरु खुल्ला हुने भएका छन् । सिटि काउन्सिलले शुक्रबार देखि समुद्री किनारहरु खुल्ला गर्ने तयारी गरेको हो ।

ती समुद्री किनारमा १० जनासम्मको समूहमा जान पाइने बताइएको छ ।

समुद्री किनारमा जाने समूहले बालुवा र पानीमा शारीरिक अभ्यास गर्न पाउनेछन् । यसरी जाँदा कोरोना भाइरस संक्रमणको खतरालाई ध्यानमा राखेर सोही अनुसार क्रियाकलाप गर्न अनुरोध गरिएको छ ।

विस्तृत समाचारको लागि : 7 News

Comments