जन्मिएको तीन दिनमै कोरोना भाइरस संक्रमणका कारण शिशुको मृत्यु भएको छ । बेलायतको एक अस्पतालमा मे २ मा जन्मिएको शिशुको मे ५ मा मृत्यु भएको हो ।

सुत्केरी व्यथा लाग्नु अघि नै आमामा संक्रमण भएका कारण शिशुमा संक्रमण देखिएको बताइएको छ । शिशुका बाबुले आफ्नो श्रीमतीलाई अस्पतालमा भर्ना भएपछि संक्रमण सरेको संचारमाध्यमसंग बताएका छन् ।

उनले आफ्नो बच्चालाई काखमा लिन समेत पाएनन् । संक्रमणका कारण उनलाई बच्चालाई नजिक गएर हेर्न समेत अनुमति थिएन । बच्चाको निधन हुने दिन मात्र उनले आफ्नो बच्चाको अनुहार हेर्न पाएका थिए ।

बच्चा जन्मिँदा संक्रमणका कारण मुटुको धड्कनको गतीमा कमी देखिएको थियो । त्यसपछि पूरा ७२ घण्टा नहुँदै ती शिशुको निधन भयो ।

7news

Comments