एडलेड । अष्ट्रेलियाको एडलेडमा रहेको एक क्याफेका म्यानेजर वेट्रेसमाथि यौन दुर्व्यहार घटनामा दोषी मानिएका छन् । जिल्ला अदालतले २८ वर्षीय क्याफे मानेजर Miguel Dantas De Sa दोषी रहेको फैसला अनलाइन मार्फत जानकारी दिएको हो ।

Miguel Dantas De Sa ले ती किशोरीलाई एउटा कोठामा लगेका थिए । त्यसपछि उनले २०० डलर दिने, क्याफेमा धेरै सिफ्ट काम गर्न दिने भन्दै यौन प्रस्ताव राखेका थिए । उनले किशोरीलाई आफ्नो काखमा बस्न लगाएर उनको लागि भिक्टोरिया सिक्रेटको पेन्टी किनिदिन्छु भन्दै उनीमाथि यौन दुर्व्यवहार गर्न थालेका थिए ।

किशोरीले डर र बाध्यात्माक कठीन परिस्थितिले गर्दा सो समयमा दुर्व्यवहार सहनु परेको बताइएको छ । किशोरीको परिचय गोप्य राखिएको छ ।

Source : 7 News

Please follow and like us:

Comments