मेलबर्न । अष्ट्रेलियाको मेलबर्न स्थित म्याक डोनाल्ड रेष्टुरेन्टमा कोरोना संक्रमित स्टाफको संख्या ६ पुगेको छ । Fawkner McDonald’s का स्टाफमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यसअघि उक्त रेष्टुरेन्टमा दुई जना स्टाफमा संक्रमण देखिएको थियो । त्यसपछि करिब एक सय जना स्टाफमा परिक्षण गर्दा थप चार जना स्टाफमा संक्रमण पुष्टि भएको छ ।

रेष्टुरेन्ट हाल बन्द रहेको छ । स्टाफको सम्पर्कमा आएका नजिकका व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखिने बताइएको छ ।

Please follow and like us:

Comments