काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ । यद्यपि पछिल्लो ३४ घण्टामा कसैको कोरोना भाइरसको कारण मृत्यु भएको छैन ।

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा कसैको ज्यान नगए पनि थप १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार ९६४ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार २२९ जना उपचारपछि निको भएका छन् ।  उनीहरुमध्ये १६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अहिले सम्म अष्ट्रेलियामा ८ लाख ७७ हजार ९ सय २७ जनाको कोरोना भाईरस परिक्षण गरिएको छ । जसको ० दशमलब ८ प्रतिशतमा मात्र कोरोना भाइरस पोजेटिभ देखीएको छ ।

Comments