केहि दिन यता लगातार ओरालो लाग्दै आएको सुनको भाउ यस साता १५ सय रुपैयाँले घटेको छ ।

अमेरिकी डलरको अधिमूल्यनसँगै सुनको मागमा कमी आउन थालेपछि भाउ घट्ने क्रम शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो । साताको पहिलो दिन आइतबार तोलाको ५२ हजार रुपैयाँमा कारोबार भएको सुन हिजो शुक्रबार ५० हजार ५ सय रुपैयाँमा कारोबार भयो । चाँदीको दरभाउ पनि अन्तर्राष्ट्रिय मूल्यलाई पछ्याउँदै विगत ४ बर्षयताकै न्यून बिन्दुमा झरेको छ । शुक्रबार चाँदी तोलाको ६ सय ९५ रुपैयाँमा किनबेच भएको थियो । जबकी साताको पहिलो दिन आइतबार चाँदी ७ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

पछिल्लो अवस्थालाई हेर्ने हो भने आगामी केही हप्ता सुनचाँदीको भाउ क्रमशः घट्ने क्रम जारी रहने अनुमान गरिएको छ ।

Comments

comments