कोरोना भाइरसको संक्रमणमा कमी आउन थालेसँगैअष्ट्रेलियाका केही राज्यका स्कूलहरू सोमबारबाट खुल्न थालेका छन्।अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य, न्यु साउथ वेल्स र उत्तरी राज्य क्वीन्सल्याण्डका विद्यार्थीहरू सिमित आधारमा विद्यालय जान सुरु गरेको त्यहाँका राज्य नेताहरूले बताएका छन्।

न्यु साउथ वेल्स राज्यका अनुसार राज्यले हजारौ लिटर साबुन र स्यानटाइजर विद्यालय‍हरूमा पुर्‍याएको छ। यो बाहेक व्यक्तिगत सुरक्षा उपकरण र तापमान अनुगमनका लागि मोनिटर समेत जडान गरिएको छ।

कक्षामा सीमित घण्टा मात्रै पढाइ हुने व्यवस्था मिलाइएको छ भने विद्यार्थी बीच न्यूनतम शारीरिक सम्पर्कमा जोड दिइएको छ।ुमलाई थाहा छ कि यो परिवारहरूको लागि ठूलो राहत हो,ु न्यु साउथ वेल्सका प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सिड्नीका पत्रकारहरुसँग भनिन्, ुयो राज्य सरकारको लागि समेत ठूलो राहत हो किनभने हामीलाई थाहा छ कि विद्यार्थीहरूले शिक्षकसँग प्रत्यक्ष सिक्नु कत्तिको महत्त्वपूर्ण छ।ु

अन्तिम वर्षका विद्यार्थीहरुको कक्षा हाललाई प्रति हप्ता तीन दिनमात्र हुनेछ भने पूर्णरुपमा मे को अन्त्यसम्म कक्षा संचालन गर्ने व्यवस्था मिलाइने छ।यसैगरी दोस्रो धेरै जनसंख्या भएको भिक्टोरिया राज्यले भने सम्भव भएसम्म बच्चाहरूलाई घरमै राख्न आग्रह गरेको छ।उप-प्रमुख मेडिकल अफिसर निक कोट्सवर्थले अस्ट्रेलियामा संक्रमणको दोस्रो लहर रोक्न सबैले सामाजिक दूरीका उपायहरू लागू गर्न जिम्मेवार हुनुपर्ने बताएका छन्।

Please follow and like us:

Comments