मेलबर्न । अष्ट्रेलियामा घर जग्गाको मूल्य १५ प्रतिशतसम्म घट्ने सम्भावना रहेको छ । नेशनल अष्ट्रेलिया बैंकले घरजग्गाको मूल्यमा भारि गिरावट हुने बताएको हो ।

नेशनल अष्ट्रेलिया बैंकका अनुसार, आगामी १२ देखि १८ महिनासम्ममा घर जग्गाको मूल्यमा १५ प्रतिशतसम्म कमी आउनेछ । घर भन्दा अपार्टमेन्टको मूल्य अझै सस्तो हुने बताइएको छ ।

कोरोना भाइरसका कारण आप्रवासीहरुको रोजगारी र आम्दानी लगायत समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएकोले घरजग्गाको मूल्यमा पनि यसको प्रभाव देखिने बताइएको हो ।

पूरा समाचार पढ्नको लागि क्लिक गर्नुहोस् : dailymail.co.uk/news/article-8295565

Comments