स्वीट्जरल्यान्डमाथि ५–२ को शानदार जित हात पार्दै फ्रान्स विश्वकप फुटवलको दोस्रो चरण प्रवेश गरेको छ । फ्रान्स विश्वकपको दोस्रो चरणमा प्रवेश गर्ने ५ औं टोली बनेको छ ।
उसका लागि ओलिभर गिरोउन्डले १७ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए त्यसको एक मिनेटपश्चात अर्थात ब्लेसी म्याटाौडीले १८ औं मिनेटमा गोल संख्या दोब्बर बनाएका थिए । त्यस्तै पहिलो हाफ सकिने ५ मिनेट बाँकी रहँदा म्याथ्यु भ्याबुएनाले गोल गर्दै गोल संख्या ३ पु¥याएका थिए ।
दोस्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको फ्रान्सका लागि ६७ मिनेटमा करिम बेञ्जेमाले तथा त्यस्तै मौसो सिसास्कोले गोल गर्दै गोल संख्या ५ पु¥याएका थिए । त्यसपछि खेलमा स्वीट्जरल्याण्डले सान्तवना २ गोल फर्काउन भने सक्यो । उसका लागि ब्लेरमि डेज्माइलीले ८१ औं मिनेट तथा ८७ औं मिनेटमा ग्रानिट जाहाले गोल गर्दै टोलीलाई लज्जास्पद हार हुनबाट जोगाए पनि हार टार्न भने सकेनन् ।

Comments

comments