नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु २ महिनाको शिशुदेखि ६६ वर्षसम्मका छन् । १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो ।

यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

 

Please follow and like us:

Comments