नेपाली युवा दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उत्कृष्ट १० मा पुग्न सफल भएका छन्। २१ वर्षीय दिवेशले आफूलाई शीर्ष १० मा पुर्याउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् ।

आइतबार रातीको कार्यक्रममा आइडलले शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । शीर्ष १० प्रतियोगी अडियन्सको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगीलाई निर्णायक मण्डलले छानेका हुन् ।

दिवेश कार्यक्रममा ‘आर्थर गन’को नामबाट प्रतिष्पर्धा गरिरहेका छन्। उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ ।

‘हामी शीर्ष १० मा पुग्यौ। सुरूदेखि नै समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद। म विश्वभरिबाट आएको यो विशाल समर्थनलाई कदर गर्दछु। यसलाई व्यक्त गर्न शब्दहरुले न्याय गर्दैनन्। धन्यवाद!!’, उनले आफ्नो ट्वीटमा भनेका छन्।

शीर्ष १० का लागि छनोट भएपछि दिवेशले जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाएका थिए ।

Please follow and like us:

Comments