नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

आइतबार साँझ मात्र बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।

नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको हो।

नेपालगञ्जमा आइतबार यसअघि ९ जनामा कोरोना देखिएको थियो । योसँगै नेपालगञ्ज मात्रै कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

आइतबार देखिएको १५ जनासँगै मुलुकका कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । त्यसमध्ये १६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । बाँकी सबैको उपचार भइरहेको छ ।

Comments