सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स सरकारले ब्युटीपार्लर खुल्ला गर्ने अनुमति दिएको छ । सरकारले ब्युटी सलुन , स्पा , नेल सलुन , वाक्सिंग सलुनलाई खुल्ला गर्ने अनुमति दिएको हो ।

‘मदर डे ‘ ब्युटी पार्लरहरुका लागि एउटा राम्रो अवसर रहेकोले यो निर्णय गरिएको स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रीले बुस फायर देखि अहिलेसम्म यी व्यवसायले राम्रो आम्दानी गर्न नसकेकोले पनि मदर डे आउंदै गर्दा सरकारको यस निर्णयले उनीहरुलाई राहत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

यी व्यवसायहरुले ग्राहकको लागि ढोका खुल्ला गर्ने अनुमति पाएतापनि सम्पूर्ण सेवा दिन भने पाउने छैनन् । ब्युटीपार्लर तथा सलुनहरुले सामान तथा गिफ्ट भौचर बेच्न पाउने तर ट्रीटमेन्ट दिन नपाउने बताइएको छ ।

Source : 7 News

Please follow and like us:

Comments