बेइजिङ । चीनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने कुनै रुची नभएको स्पष्ट पारेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा चीनले आफूलाई पराजित गर्नेतिर लागेको र प्रतिद्वन्द्वी जो बाइडेनलाई विजय बनाएर सहज व्यापार गर्ने दाउमा रहेको बताएका थिए ।

चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चनीले अमेरिकी राष्ट्रपति ट्रम्पको यस आरोपलाई अस्वीकार गरेको छ । चीनले भनेको छ, “अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने कुनै रुची छैन ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना संक्रमण फैलाएको आरोपसमेत चीनमाथि लगाउँदै आएका छन् ।

ग्लोबल टाइम्समा लेखिएको छ, “अमेरिकी राजनीतिज्ञहरु को चीनप्रति कति कठोर बन्‍नसक्छ भन्‍ने दौडमा छन् । ट्रम्प आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई ‘चीन-समर्थित’ देखाएर आफूलाई राष्ट्रपतिको कित्तामा उभ्याउन चाहन्छन् । उनको यो राजनीति अजिब र कमसल खालको छ ।”

ग्लोबल टाइम्सका अनुसार अमेरिकी जोसुके राजनीतिज्ञ चाहे रिपब्लिन अथवा डेमोक्रेट, उनीहरुले चुनावमा ‘चिनियाँ कार्ड’ प्रयोग गर्ने गरेका छन् ।

चीनले नोभेल कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा प्राप्त गरेको सफलताले अन्तर्राष्ट्रिय प्रभाव बढाएसँगै अमेरिका चिन्तित बनेको ग्लोबल टाइम्सले जनाएको छ ।

Comments