युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाललाई एक दिवसीय क्रिकेटको मान्यता दिलाउनुनै सरकारको मुख्य उदेश्य रहेको बताउनुभएको छ ।

नेपालमै अन्तर्राष्ट्रियस्तरको ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारीमा सरकार रहेको जानकारी पनि उनले दिए । आज राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले नेपाललाई एक दिवसीय मान्यता दिलाउनुनै सरकारको अबको मुख्य उदेश्य रहेको भन्दै अब सबै गतिविधि त्यसैमा केन्द्रित गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री पौडेलले नेपाली क्रिकेट टोलीलाई अझै बलियो बनाउन एक र दुई दिवसीय अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने बताउनुभयो ।

Please follow and like us:

Comments