उद्योगमन्त्री महेश बस्नेतले मुलुककै जेठो विराटनगर जुटमिल सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मोरङको विराटनगर २१ स्थित रानीमा रहेको मिलको आज निरीक्षण गर्दै मन्त्री बस्नेतले उद्योग प्रशासनसमक्ष यस्तो प्रतिबद्धता जनाउनुभएको हो । सञ्चालनका लागि आवश्यक पर्ने विद्युत आपूर्ति नभएपछि उद्योग मन्त्रालयमा १ नम्बरको दर्ता पाएको जुटमिल गत भदौ दोस्रो सातादेखि बन्द छ ।
लामो समयदेखि बन्द अवस्थामा रहेको मिल भारतीय कम्पनी विनसम इन्टरनेसनल प्रालिले दुई वर्षअघि लिजमा चलाउने ठेक्का पाएपछि सञ्चालनमा आएको हो ।

Please follow and like us:

Comments