प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबीच विवादित विषयमा सहमति खोज्नका लागि भूमिका खेल्न साना दलहरुसंग आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सानादलहरुसंग छलफल गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री कोईरालाले वर्तमान राजनीतिक परिस्थितिको निकास, संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने सम्बन्धमा साना दलका नेताहरुसँग छुट्टाछट्टै भेटवार्ता गर्नुभएको हो । माघ ८ गते संविधान जारी गर्न सहयोग गर्न प्रधानमन्त्रीले आफूसँग आग्रह गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले बताउनुभयो ।

भोलिसम्म जसरी भएपनि सहमतिमा पुग्नुपर्ने प्रधानमन्त्रीको धारणा रहेको भन्दै गच्छेदारले सहमति नभए प्रक्रियाबाट भएपनि संविधान जारी गर्ने प्रधानमन्त्रीले बताउनुभएको जानकारी दिनुभयो ।

Please follow and like us:

Comments