मेलबर्नमा नोभेम्बर १ र २ मा आयोजना हुने नेपाल महोत्सबको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमका सह संयोजक ऋषि कंडेलले जानकारी दिनु भएको छ | नेपाल महोत्सब सफल पार्न मेलबर्न वरपर रहेका सबै नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दै सह संयोजक कंडेलले महोत्सवको दिनमा फुर्सद निकालेर सम्भव भए सम्म आफ्ना विदेशी साथीहरु समेत नेपाली पहिचान प्रबर्दनमा सहभागी भइ सहयोग पुर्याउन हार्दिक अपिल गर्नुभएको छ | कार्यक्रमलाई मर्यादित तवरले सम्पन्न गर्न महोत्सव अवधिभर १०० जना स्वयं सेवक खटाइने उहाँले बताउनु भएको छ |

10743466_10204227584561587_1209562348_n

नेपाल महोत्सब सह संयोजक ऋषि कंडेल


यसैबीच आगामी शनिबार मध्यान्न १२ बजे स्वन्स टाउन स्ट्रिटमा आयोजना हुने संस्कृतिक झाँकी प्रदर्शनमा सामुहिक रुपमा सहभागी हुन आयोजकका तर्फबाट अपिल गरिएको छ | कार्यक्रम सह संयोजक कंडेलकै भनाइ अनुसार नेपाल बाहिर पहिलो पटक नेपाली सांस्कृतिक झाँकी मेलबर्न नेपाल महोत्सवको पूर्व सन्ध्यामा प्रस्तुत गर्न लागिएको हो | नोभेम्बर १ मा आयोजना हुने गाला डिनर तथा “टुरिजम एण्ड इन्भेस्टमेन्ट वर्कशप” मा नेपाल मा पर्यटन प्रवर्दन र लगानीका सम्भावना बारे प्रस्तुतिकरण गरिने छ |
नेपाल महोत्सवको अर्को आकर्षण सांगीतिक प्रस्तुतिहरु रहने छ | प्रत्यक्ष सांगीतिक प्रस्तुतिका लागि नेपालबाट गायक सबिन राइ सहित इलेक्ट्रिक ब्याण्ड, दिब्य सुब्बा, लोकप्रिय गायक मिलन लामा (माझीदाई ) मेलवर्न आइपुग्दै छन् | साथमा स्थानीय नेपाली सांगीतिकर्मी तथा कलाकारहरुको जमघट रहनेछ |

10751608_10204227497039399_554379410_n

Comments

comments