काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७७ रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७७ रुपैयाँ २५ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार (चैत ३०) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ  र बिक्रीदर १५२ रुपैयाँ ७५ पैसा रहेको छ ।

Please follow and like us:

Comments