स्थानीय बजारमा आज सुनको भाउ ७ सय रुपैयाले घटेको छ ।

छापावाला सुन आज ७ सय रुपैयाले घटेर प्रतितोला ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि ७ सय रुपैयाले नै घटेर प्रतितोला ५० हजार २ सय  ५० रुपैयाँमा  कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो । हिजो सुन प्रतितोला ५१ हजार २ सय रुपैयामा कारोबार भएको थियो ।

त्यसैगरी चाँदि आज प्रतितोला ६ सय ९५ रुपैयाँमा कारोबार भईरहेको शाक्यले बताउनुभयो ।

Comments