काठमाडौं – विश्वव्यमपी रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५७ पुगेको हो ।  त्यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख १८ हजार २३ पुगेको छ ।

त्यस्तै विश्वभरमा  कोरोनाबाट संक्रमित भएका ३ लाख ३० हजार ३ सय ५७ जना निको भएका छन् ।  कोरोनाका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । हालसम्म इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ भने संक्रमितको संख्या १ लाख ३९ हजार ४ सय २२ पुगेको छ ।

त्यस्तै कोरोनाबाट विश्वभर संक्रमितको संख्या अमेरिकामा बढी रहेको छ । कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ८८ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ३४ हजार ९ सय २७ पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाका कारण १४ हजार ७ सय ९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ४८ हजार २ सय २० पुगेको छ ।

Comments