नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ ।

दिउँसो १२ बजे पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा पोलिष्टब्युरो सदस्य चयन, पार्टी विभागहरु गठन, नेताहरुको जिम्मेवारी र भावी योजनाका विषयमा छलफल हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा प्रतिवेदन पेश गरेपछि भोलिदेखि ती प्रस्तावमा औपचारीक छलफल हुनेछ । यसअघि पार्टीको विधानका विषयमा देखिएको विवाद अन्त्य गरेर त्यस अनुसार पोलिटब्युरो चयन हुने नेताहरुले बताउका छन् ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले केन्द्रीय समितिको चयनपछि एजेण्डा सहित बस्न लागेको बैठकमा पार्टी सन्चानका एजेण्डा, सरकारको समिक्षा, संविधान निर्माणका विषयमा छलफल हुने बताउनुभयो । एमालेले सरकारका मन्त्रालय अनुसार पार्टीमा विभाग गर्ने गर्ने तयारी गरेको छ । बैठक दिउँसो १२ बजे पार्टी कार्यालय बल्खुमा बोलाइएको छ ।

Comments

comments