मेलबर्न । मेलबर्न सिटि काउन्सिलले विदेशी विद्यार्थीहरुलाई आर्थिक सहायता गर्ने बताएको छ ।

कोरोना भाइरस प्रभावितहरुका लागि सरकारले प्रदान गर्ने राहत विद्यार्थीहरुको पहुँचमा नरहेको अवस्थामा विद्यार्थीहरुमा छाएको निराशा र डरलाई कम गर्नको लागि मेलबर्न सिटि काउन्सिलले आर्थिक सहायता गर्ने बताएको हो ।

काउन्सिलले कति विद्यार्थीहरुलाई कसरी सहयोग गर्ने भन्ने बारे भने स्पष्ट पारेको छैन ।

यसका साथै इन्टरनेशनल एजुकेशन एसोसिएसन अफ अष्ट्रेलियाले पनि विदेशी विद्यार्थीहरुका लागि  ‘hardship fund ‘ को लागि पहल गरिरहेको बताइएको छ ।

विस्तृत जानकारीको लागि : www.theage.com.au/national/melbourne-city-council-pledges-financial-support-for-foreign-students

Comments