एजेन्सी । ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । रोनाल्डिन्हो एक महिनापछि पाराग्वेको जेलबाट ससर्त मुक्त भएका हुन् ।

नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पाराग्वेको  रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायो नामक होटलबाट रोनाल्डिन्होसँगै उनका दाजु रोबर्टाे पनि पक्राउ परेका थिए ।

 रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । पक्राउपछि उनीहरुलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको थियो । तर, उनीहरु ३२ दिनपछि रिहा भएका हुन् ।

तर, न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको किनारा नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरि रिहा गरिएको बताएका छन् ।

Comments