चैत्र २२ चितवन

कोरोना भाईरस संक्रमणको जोखिम बाट बँच्न र बँचाउन सरकारले गरेको लकडाउनका कारण मर्कामा परेका बिपन्न परिवारहरुलाई देश भर नै राहत बितरणको कार्यक्रम आयोजना भईरहेका छन् । चितवनको भरतपुर महानगरपालिका भित्रका २९ वटा वडा हरुमा राहत बितरणका लागि महानगरको निर्णय अनुसार कतिपय वडाहरुले बितरण गरिसकेका छन् त कतिले गर्ने तयारी गरीरहेका छन् ?

संकटको समयमा निम्म आय स्तर भएका र दैनिकी चलाउन समेत अफ्ठेरो स्थीति भएका ब्यक्तीहरुलाई प्रदान गर्ने भनिएको राहत सामाग्री कतिपय निम्न आयस्तर भएकाहरुले प्राप्त गर्न नसकेको गुनासो आएका छन् । महानगरले राहत बितरणका लागि वडाहरुलाई तिन तहमा बिभाजन गरी बजेट छुट्याएको छ ।

पहिलो क श्रेणिलाई रु एकलाख पचास हजार , ख श्रेणिलाई दुई लाख र ग भित्रको लाई रु तिन लाख बराबरको आफनो वडामा राहत सामाग्रि बितरण गर्न अनुमति दिएको छ । टोल सुधार समिति बाट सिफारीस भई आएका नामावलिको आधारमा सामाग्री प्रदान गर्ने भनिएपनि भरतपुर महानगरपालिका वडा न ७ को एक टोलमा बस्दै आएकी एक महिलाले आफ्नो नाम टिपेको तर लिन जादा नपाएको गुनासो गरीन ? उनले आफु जस्तै अन्य केही परिवार पनि राहत लिन बाट बञ्चित भएको बताइन् ।

महानगर भित्रका वडाहरुमा अझै पनि केहि बिपन्न परिवारहरुले राहात पाउन सेकेका छैनन् भने कहिकतै सामान्य परिवारले पनि राहात लिएका छन् । दिनभर काम गरेर साझ चुल्हो बाल्ने परिबारहरु पुर्ण रुपमा समेटिन नसकिएको देखिएको छ । वडाले राहात बितरण गर्दा टोलसुधार बाट बिपन्न परिवारहरु छुटिएको गुनासो पनि बाहिर आउन थालेको छ ।

भोक मिठो कि भोजन मिठो : राहातमा जिरा मसिनो

भरतपुर महानगरपालिकाका बिभिन्न वडाहरुले अहिले राहत बितरणको काम गरिरहेका छन् । महानगरले हरेक वडालाई राहत बितरणका लागि आग्रह गरे संगै वडाहरुले राहत बितरणको कामलाई तिब्र बनाएका हुन् । राहत बितरणमा पनि स्थानीयतहहरुले आ आफ्नो मनखुशि गरिरहेको पाईएको छ । कुनै वडाले कुनै सामान त कुनैले कुन सामान बितरण गरिरहेका छन् । कुनै वडाले जिरा मसिनाको चामल बितरण गरेका छन् भने कुनै साबित्रि र मोटा धानको चामल बितरण गरिरहेका छन् ।

राहतलाई एकरुपता ल्याउन नसक्दा एउटै नगरका बासिन्दाले समेत फरक फरक चामलको खाना खानु परेको छ । आँफैले किनेर खाने भएका भए आँफ्नो खुशि हुन्थ्यो तर राहत बाँढ्दा पनि जनतालाई किन भेदभाब गरिएको होला । अहिलेको संकटको बेला महंगो मुल्यमा खरिद गरेर राहातमा जिरा मसिनाको चामल बितरण गर्नु भन्दा समान्य सबैले खाने र सबैलाइ पुग्ने खालको चामल खरिद गर्दा उचित हुने देखिन्छ । यस बिषयमा सम्बन्धित निकायको ध्यान जान जरुरीे छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले लागु गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गरेर खाने र अति विपन्न समुदायलाई वडा–वडाबाट राहत वितरण शुरु गरिएको नगर प्रमुख दाहालले बताउनु भयो ।यसका लागि महानगरले महानगरका २९ वडालाई तीन समूहमा वर्गीकरण गरेको छ ।

जसमध्ये महानगरले वडा नम्बर १, २, ३, ४, ७, १०, १२, २२ मा एक लाख ५० हजार, वडा नम्बर ५, ८, ९, ११, १८ १९, २९ मा २ लाख र वडा नम्बर ६, १३, १४, १५, १६, १७, २०, २१, २३, २४, २५, २६, २७, २८ मा ३ लाखका दरले ६८ लाख रुपैयाँ राहतमा खर्च गर्ने सक्नेछन् । वडाध्यक्षहरुले आ(आफ्नो वडामा भएका विपन्न, गरिब र ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका घरधुरीको तथ्यांक निकालेर महानगरमा पेश गरेका आधारमा वडाहरुको समूह विभाजन गरिएको छ ।

Comments