नेपालले आज मैत्रीपूर्ण फुटबलमा फिलिपिन्सको प्रतिस्पर्धा गर्ने भएको छ ।

दोहाको अल अरबी रंगशालामा आज हुने खेलमा नेपाल बदला लिने तयारीमा मैदान ओर्लिदैछ । अल आहली क्लबको पहलमा चितवन युवा समूह र गैरआवासीय नेपालीको मध्यपूर्व खेलकुद उपसमितिको समन्वयमा हुन लागेको खेलमा नेपाल यसपटक बलियोगरि उभिएको छ । आठ महिनाअघि कतारमै दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदा फिलिपिन्सले नतिजा हत्याएको थियो ।

आठ महिनामा दोश्रोपटक फिलिपिन्ससँंग मैत्रीपूर्ण खेल खेल्दा नेपालको एकमात्र उद्देश्य बदला लिनु हुनेछ ।

Comments

comments