इन्डियन सुपर लिग फुटबल (आइएसएल)अन्तर्गत् हिजो भएको खेलमा केरला ब्लास्टर्स एफसी विजयी भएको छ ।

पुनेमा भएको खेलमा पाहुना टोली केरलाले घरेलु टोली पुने सिटी एफसीलाई २–१ ले हराएको हो । खेलमा पुनेका फ्रेन्च खेलाडी डेभिड ट्रेजेग्युले पहिलो गोल गरे । तर, केरलाका साबेथ र ओर्जिले एक–एक गोल गर्दै टोलीलाई उत्कृष्ट पुनरागमन गराए । लिगमा पहिलो जित हात पारेसँगै केरला लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ४ खेलबाट उसले ४ अंक जोडेको छ । समान ४ अंक जोडेको पुने भने छैटौं स्थानमा छ ।

५ खेलबाट ११ अंक जोडेको कोलकाता शीर्ष स्थानमा रहँदा ४ खेलबाट ९ अंक जोडेको चेन्नाई दोस्रो स्थानमा छ ।

Comments

comments