अख्तियारको यो उजुरीमाथिको प्रारम्भिक छानबिन हो । सोधपुछको क्रममा महानिर्देशक श्रेष्ठले आफ्नो भनाइ राखेको बताइएको छ, भने मन्त्रालयबाट पनि केही कागजातहरु पाइसकेको अख्तियारले जनाएको छ । उजुरीसँगै प्राप्त प्रमाणहरु हेर्ने काम भइरहेको अख्तियारले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय हेर्ने अख्तियारको महाशाखाले नै यस विषयमा छानविन प्रक्रिया अघि बढाएको बताइएको छ । लकडाउनका कारण अहिलेसम्म कुनै पनि उजुरी चिठी तथा अन्य पत्राचारको रुपमा हार्डकपीमा दर्ता भने भएको छैन ।

विवेकशील नेपाली दलले भने बुधबार अख्तियारमा इमेलमार्फत उजुरी पठाएको थियो । विवेकशील नेपाली दल र अन्य विभिन्न डिजिटल माध्यमबाट प्राप्त उजुरी विहीबार विहान संकलन गरिएको जानकारी गराइएको छ ।

कोभिड १९ संक्रमण नियन्त्रणका लागि पीपीई खरिदमा अनियमितता भएपछि बुधबारमात्रै स्वास्थ्य मन्त्रालयले खरिद सम्झौता एक्कासि रद्द गरेको थियो ।

Please follow and like us:

Comments