मेलबर्न । कोरोना भाइरस संक्रमण फैलिन नदिनको लागि अष्ट्रेलिया सरकारले सोसल डिस्टेनसिङ्गको कडा नियम लागु गरेको छ । अष्ट्रेलिया सरकारले दुई जना भन्दा बढी व्यक्तिको समूह बनाउन नपाइने , घरको सामान र औषधि किन्न घरबाहिर निस्कन सकिने तथा व्यायाम, काम र पढाइको लागि मात्र बाहिर निस्कन पाइने गरि नियम लागु गरेको हो ।

न्यु साउथ वेल्स राज्य सरकारले नियम तोड्ने व्यक्तिले नियम तोडिएको भेटिएमा पहिलो पटक १ हजार डलर जरिवाना तिर्नुपर्ने जनाएको छ । त्यस्तै नियम पटक-पटक उल्लङ्घन गरेमा हरेक पटक ५५०० डलर जरिवाना तिर्नुपर्नेछ ।

भिक्टोरिया राज्य सरकारले नियम उल्लङ्घन गर्ने व्यक्तिलाई १६५२ डलर र नियम उल्लङ्घन गर्ने संस्थालाई ९९१३ डलर जरिवाना तोकेको छ । पटक-पटक नियम उल्लङ्घन गरिएको अवस्थामा मामिला अदालतमा जाने बताइएको छ ।

त्यस्तै, वेस्टन अष्ट्रेलियामा नियम उल्लङ्घन गर्ने व्यक्तिले १ हजार डलर देखि १२ हजार डलर जरिवाना तिर्नुपर्ने या त १२ महिनाको जेल सजाय भोग्नुपर्ने बताइएको छ ।

Comments