सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा सोसल डिस्टेनसिङ्गको नियम नमान्ने व्यक्तिले १ हजार डलर जरिवाना तिर्नुपर्ने भएको छ । बुधबार न्यु साउथ वेल्स प्रहरीले यस्तो घोषणा गरेको हो ।

प्रहरीका अनुसार, सोसल डिस्टेनसिङ्गको नियम तोड्ने संस्थाले ५ हजार डलर जरिवाना तिर्नुपर्ने छ । यसका साथै जेल पनि हुनसक्नेछ ।

न्यु साउथ वेल्समा मानिसहरु खुल्लमखुला हिंड्ने, बीचमा रमाइलो गर्ने पाइएको हुँदा यस्तो नियम ल्याइएको बताइएको छ ।

नियम तोड्ने व्यक्ति तथा संस्थाहरुको बारेमा अन्य व्यक्तिबाट खबर आउन थालेको बताउंदै प्रहरीले सबैलाई नियमको पालना गरि कोरोना भाइरसलाई आउन नदिन अनुरोध गरेको छ । प्रहरीले उल्लेख गरेको छ, ” कोरोना भाइरसले हामीहरुलाई मार्नु भन्दा पहिले हामीले कोरोना भाइरसलाई मारौं” ।

Source : SBS News

Comments