काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७२ रुपैयाँ ५ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७१ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।

Comments