सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाबीच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ ।

मदिराको तालमा नेपाली युवाबीच कुटाकुट हुदा एक जनाको ज्यान गएको सिड्नी प्रहरीले जनाएको छ । मृत्यु हुने २३ वर्षका युवकको परिचय भने खुलाएको छैन । गत मार्च २१ गते हर्जविलको एक पपमा मदिरा पिउने क्रममा सुरु भएको विवाद हात हालाहालको स्थितिमा पुगेको थियो । बारमा तीन तीन जनाको समूहमा रहेका नेपाली युवाबीच कुटाकुट भएपछि सुरक्षा गार्डले उनीहरुलाई बाहिर निकालेका थिए । त्यसपछि पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुई जना पर्खालबाट सडकमा लडेका थिए । लडेर घाइते भएकाहरुलाई नजिकै रहेको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा एक जनाको मंगलबार मृत्यु भएको गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले पुष्टि गर्नुभएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै नेपाली हुन् ।

Please follow and like us:

Comments